किताब जात्रा २०२०

खुला निलो आकाशहिमालको चिसो बतास,
खेतका हरिया गह्राहरुपसिनाका थोपाहरु,
हावामा उडेका रङ्गहरुमनका उस्तै उमङ्गहरु,
संगीतका मिठा तरेलीहरुआमाको माया र मायालूका परेलीहरु,
अस्तित्वको आशिर्वाद अनि साथीसँगका सम्वादहरु,
यिनै त हुन् हाम्रा जात्राका यादहरु  !‘

 पूर्व मेचीदेखि पश्चिम कालीसम्म धर्म, संस्कृति, पर्यावरण, मानवीय चेतना जस्ता अनेकन समाजिक अवयवहरु समेटेका विभिन्न जात्राहरु देख्न पाइन्छ । अझ काठमाडौँ उपत्यकाले त सन्तान झैँ स्याहार गरेको छ जात्राहरुको । त्यसैले होला काठमाडौँका जात्राहरुमा अन्य ठाउँका जात्राहरुभन्दा धेरै विविधता देख्न पाइन्छ । पर्यावरण जोगाउन रातो मछिन्द्रनाथको जात्रा, दुरात्मालाई शान्त पार्न घोडेजात्रा, पितृमोक्षको लागि गाईजात्रा, महाचैतन्यको जीव स्वरूप कुमारीको पूजा गर्ने गरिन्छ । जन्म देखि मृत्यु र भौतिक देखि पराभौतिक सम्म सम्पूर्ण आयामहरु जात्राले सहजै समेटेको देखिन्छ।

ऐतिहासिक पृष्ठभूमि पल्टाउने हो भने बौद्ध धर्मको वज्रयान मार्ग र हिन्दू तांत्रिक आराधना मार्ग, यी जात्राका आधारहरु हुन् भन्ने तथ्य भेटिन्छ। यी दुबै विचारको जननी पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिममा सिन्धु नदी, उत्तरमा हिमालय देखि दक्षिणमा लंकासम्मको भूभाग नै हो । संसारलाई महान दर्शनहरुको जागृति फैलाउने हामी आर्यहरुको आध्यात्मिक मियो भने हाम्रा दर्शन-शास्त्र नै हुन् । श्रुति-स्मृतिको परम्परालाई हजारौँ वर्षदेखि निरन्तरता दिँदै आएर हस्तलेखनको सुरुवात संगै लिपिबद्ध गरियो । छापाखानाको विकास पश्चात पश्चिमी समाजको विशेष चासो वैदिक दर्शन तर्फ बढेको हो । यही वैदिक दर्शन प्रतिको चासोले विकास भयो आधुनिक पठन संस्कृति ।

कला-संस्कृतिलाई समाजको मेरुदण्ड मानिन्छ र साहित्यलाई समाजको ऐना। समाजको यही दर्पणमा आफ्ना बिम्बहरु खोज्न अविराम लागिरहेको छ किताब यात्रा । पुराना ऐनाहरु भेला गर्दै, पुछ्दै, टल्काउँदै जीवनका अवयवहरु केलाउन सहायक बन्दैछ । सन् २०१७मा यो किताबप्रेमी समुह्, घर-घरमा किताब पुर्याउने दृढ संकल्पका साथ निस्कियो र धेरै हदसम्म सफल पनि भयो । कसले पढ्ने ? किन पढ्ने ? के पढ्ने ? हिजो के पढिन्थ्यो ? आज के पढिन्छ ? भोली के पढिएला ? लगायतका यावत प्रश्नहरुको मन्थन गरि एउटा सुदृढ पठन संस्कृति विकास गर्ने अभियन्ता हो किताब यात्रा ।

किताब यात्राको यही अभियान, यही अठोट एउटा नयाँ रङ्ग लिएर आएको छ फेरि एक पटक र यो उत्सवको नाम हो किताब जात्रा। यो उत्सवको नाम किताब जात्रा राख्दै गर्दा अक्षरहरु नाचे होलान, शब्दहरु झुमे होलान, घिस्याए होलान हरफहरुले आशाको एउटा स्वर्णिम रथ किनकी उत्तर आधुनिक पठन युगको बिगूल फूकिँदैछ। पुस्तकको बास्नाले पाठकलाई मोहित गर्ने, कविताका पंक्तिहरुले श्रोतालाई मन्त्रमुघ्ध पार्ने, शब्द रोपेर कृति फलाउने श्रष्टालाई सम्मान गर्ने, साहित्यिक दिग्गजहरुको अनुभव सुन्ने अनि नयाँ साहित्य पारखिहरुको सपना पनि आफ्नै आँखाहरुले देख्ने इच्छा छ किताब जात्राको। "कस्तो लेख्ने, कस्तो पढ्ने?","छ छैन पढ्ने बानी?", "प्रेम साहित्य सम्मान", पुस्तकालयलाई पुस्तक सहयोग र अन्य विविध कला तथा संस्कृति जगेर्णा गर्ने आकर्षक कार्यक्रमहरुले जात्रालाई पूर्णता दिनेछन । अँ साँच्चै किताबहरु हुनेछन ३०% सम्म छुटमा।

सबै साहित्यिक मनहरुलाई निमन्त्रणा।

जय साहित्य !

TechCare Softwares joins, Kitab Jatra 2020 as Tech Partner
Read More
Fast Movers Logistics, Co-Powers Kitab Jatra 2020.
Read More
e- Sewa joins Kitab Jatra 2020 as Associate Sponsor.
Read More
Reanda Biz Serve joins Kitab Jatra 2020 as Knowledge Partner.
Read More
किताब जात्रा २०२०
Read More
CNIYEF joins Kitab Jatra 2020 as Acknowledgement Partner
Read More
Prabhu Bank joins Kitab Jatra as Associate Sponsor
Read More